Saturday, February 27, 2016

२३ औ वार्षिकोत्सवमा सम्मान

धर्मेन्द्र दाहाल/
हेटौँडा/झरना साहित्य परिवार छतिवनले आफ्नो स्थापनाको २३ औ वार्षिकोत्सवको अवसरमा विरगञ्जका पत्रकार तथा सा
हित्यकार जगदिश शर्मा तथा सस्थापक सचिव उद्धब सापकोटालाई सम्मानित गरेको  छ । सस्थाले शनिबार बृहत साहित्यिक गोष्ठिको आयोजना गरि उनिहरुलाई सम्मान गरेको हो ।

स्थापनादेखि नै झरनालाई साथ तथा सहयोग दिएको भन्दै शर्मालाई सम्मान गरिएको हो । यसैगरि सस्थापक सचिव समेत रहेका सापकोटाको योगदानको कदर गर्दै सम्मानित गरिएको परिवारले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा झरनाले २ सयौ साहित्य श्रृखला समेत आयोजना गरेको थियो । कार्यक्रममा मकवानपुर, बारा, पर्सा, रौतहट,चितवन, काठमाण्डौ, ललितपुर तथा झापाका गरि २ दर्जन अग्रज साहित्यकारहरुको सहभागिता रहेको थियो ।

साहित्यकार कवि डाक्टर देबी नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकारहरु गोपाल सञ्जेल, सरिता तिवारी, राम पराजुली, राम खनाल, रमेशमोहन अधिकारी, शुवास खनाल तथा स्थानीय समाजसेबीहरु बेलप्रसाद दाहाल, हरिहर खनाल लगाएतको आतिथ्यता रहेको थियो ।कार्यक्रम झरना साहित्य परिवारका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको हो ।

No comments:

Post a Comment

Ads Inside Post